जानकी माविमा अक्षयकोष स्थापना

पाेखरा | असार १८, २०८२

जानकी माविमा अक्षयकोष स्थापना

पोखरा:  पढ्नका लागि उमेरले छेक्दैनन भन्ने उदारणीय बन्नु भएकी गोमा पराजुलीले आफु अध्ययन गरेको महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । 


पोखरा १७ तल्लो विरुवा निवासी उहाँले आप्mनो जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययरत जेहेन्दार एवम् विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने लक्ष्यका साथ ५० हजार रुपैयाको अध्यक्ष कोषको स्थापना गर्नुभएको हो ।


गोमा फाउण्डेशनका अध्यक्ष समेत रहनु भएका उहाँले उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारी, प्रधानाध्यापक अर्जुन कडेललाई सामुहिकरुपमा हस्तान्तरण गर्नुभएको हो ।


दुई छोरा बुहारी सहितका परिवार अमेरिकामा रहेका र आफु पढ्न नसक्ने भएको कारण पढनु पर्दछ भन्ने सोचका साथ ५३ बर्षको उमेरमा  कक्षा १ भर्ना भएर सात कक्षासम्म अध्ययन गर्नुभएको थियो ।
सो अवसरमा पराजुलीले विभिन्न कक्षामा अध्ययनरत ७५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री र चलेट वितरण गरेर उहाँले  विद्यालय परिवारसंग आप्mनो जन्मदिन मनाउनु भएको हो ।


पछिल्लो समय आफु र आफन्तको जन्मदिनमा गरिने फजुल खर्च कटौती गरेर सामुदायिक विद्यालयलाई अक्षयकोष स्थापना र शैक्षिक सामाग्री वितरण गर्ने प्रचलन बढेको छ ।


विद्यालयमा तीन महिलाको अवधिमा नगेन्द्र शर्मा भण्डारीले छोरा एलेक्स शर्मा भण्डारीले ५५ हजार ५५५, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमवावु भण्डारीले छोरा सुहार्द भण्डारीको जन्मदिनमा २१ हजार २२१ बरावरको अक्षयकोष र दृश्यम भिडिया हाउसको स्थापना दिवसको अवसरमा ६५ हजार मुल्य बरावरको शैक्षिक सामाग्री प्रदान गर्नुभएको थियो । 


विद्याथलय सञ्चालनार्थ विभिन्न संघसंस्था र शिक्षाप्रेमी व्यक्तिबाट हालसम्म दश लाख भन्दा बढीको अक्षयकोष स्थापना गरिएको छ भने त्यसको व्याजबाट प्राप्त रकम  विद्यार्थीमा अध्ययनरत विद्यार्थीलाई प्रत्येक बर्ष वितरण गर्दै आएको  विद्यँलय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिनुभयो ।


 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्